४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधान दिवस तीन दिन मनाइने

संविधान दिवस तीन दिन मनाउन सरकारले मातहतका सबै कार्यालयमा परिपत्र गरेको छ । जसअनुसार असोज २, ३ र ४ गते विविध कार्यक्रमसहित दिवस मनाउन लागिएको हो । २०७२ सालमा संविधानसभाबाट संविधान बनेको खुसीयालीमा हरेक वर्ष असोज ३ मा  दिवस मनाइँदै आएको छ ।

संविधान दिवस मूल समारोह समितिले तीनै तहका सरकार, सबै मन्त्रालयसहितलाई अनुमोदिन कार्यक्रमसहित निर्देशन पठाएको हो।

संशोधित कार्यक्रम अनुसार, असोज २ गते सरकारी र गैरसरकारी कार्यालयमा दीप प्रज्वलनसहित विभिन्न ८ कार्यक्रम हुनेछन् । असोज ३ गते १२ वटा कार्यक्रम तय भएका छन्। संविधान दिवसको मुख्य दिन सार्वजनिक सञ्चार माध्यम र आम नागरिकको घरमा राष्ट्रिय झन्डा फहराउने तथा साँझ दीपावली गर्ने कार्यक्रम तय भएको छ ।

यसैगरी असोज  ४ गते विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग, प्रदेश, जिल्ला र स्थानीय तहबाट विविध कार्यक्रम गरिने सरकारको परिपत्रमा उल्लेख छ।

प्रकाशित: १८ भाद्र २०८१ १४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App