३० भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस–एमाले गठबन्धनप्रति जनता आशावादी : महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कांग्रेस–एमालेबीचको गठबन्धनप्रति जनताले धेरै आशा गरेको बताएका छन् । एमाले बाँकेका पदाधिकारी तथा सदस्यहरुको क्षमता विकाससम्बन्धी दुई दिने प्रशिक्षणलाई सोमबार सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । 

उनले भने, ‘कांग्रेस–एमालेबीच बनेको गठबन्धनप्रति जनताले आशा र अपेक्षा गरेका छन् ।’  राजनीतिक अस्थिरताले देशको विकासमा अवरोध पुगेको महासचिव पोखरेलको भनाइ छ । 

राजनीतिक अस्थिरता अन्त्य गर्नका लागि कांग्रेस र एमालेबीच गठबन्धन बनेको बताउँदै उनले माओवादीसँग जुन उद्देश्यले गठबन्धन गरिएको थियो, त्यसले सार्थकता पाउन नसकेकाले तोडिएको जिकिर गरे ।  

सोही कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गर्न खोजिएकाले जबजको सान्दर्भिकता झनै बढेको बताए ।  

प्रकाशित: १७ भाद्र २०८१ १७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App