३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

आरजुको प्रस्टोक्ति: पार्टीभित्रको हैसियत थाहा छ, प्रधानमन्त्रीको उम्मेदवार होइन

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफू प्रधानमन्त्रीको उम्मेदवार नरहेको बताएकी छन्।

नेपाल प्रेस युनियन कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री देउवाले ‘पार्टीभित्रको आफ्नो हैसियत’ थाहा भएको भन्दै आफू प्रधानमन्त्रीको उम्मेदवार नभएको प्रस्टोक्ति दिएकी हुन्।

केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले ‘अब महिला प्रधानमन्त्री बनाउन चाहेको’ अभिव्यक्ति दिएका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले सङ्केत गरेको पात्र परराष्ट्रमन्त्री देउवा रहेको भन्दै राजनीतिक वृत्तमा गसिप चलेको थियो।

पत्रकार सम्मेलनमा सोही विषयको प्रश्न उठेपछि परराष्ट्रमन्त्री देउवाले आफ्नो जवाफबाट खण्डन गरेकी हुन।

‘हाम्रो पार्टी डिसिप्लिन (अनुशासन) मा चल्ने पार्टी हो। र, प्रधानमन्त्री भन्ने कुरा।। पहिला संसदीय दलको नेता हुनुप¥यो। बाहिरबाट हेर्दा एउटा देखिएला, तर पार्टीभित्रको मेरो हैसियत मलाई थाहा छ,’ उनले भनिन्, ‘राम्रो कल्पना हो, प्रधानमन्त्री ओलीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले यस्तो कुरा बताइदिनुभयो जसले नेपाली जनमानसको इम्याइजिनेसन क्यास गरेको छ।’

तर त्यो आफ्नो लागि नभनेको पनि मन्त्री देउवाले बताइन्। ‘त्यो मेरो लागि होइन्, आफ्नै पार्टीका कोही उम्मेदवार हुनुहुन्छ होला,’ उनले भनिन्। कांग्रेसबाट अबको प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवा नै रहेको पनि उनले बताइन्।

प्रकाशित: १३ भाद्र २०८१ १२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App