नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा (एमाले) लाई मिलेर सत्ता चलाउन आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दाहालले कांग्रेस र (एमाले) लाई मिलेर सत्ता चलाउन र बिचैमा झगडा गरेर भने नआउन भनेका हुन्।
उनले भने, 'म स्पष्टसँग भन्न चाहन्छु– प्रचण्ड अब सत्ताको खेलमा छैन । हामी आन्दोलनको पुनर्स्थापनामार्फत अर्को पटक एक्लै सरकारको नेतृत्व गर्ने पक्षमा लागेका छौँ। तपाईँहरू मिलेर सरकार चलाउनुहोला। बिचमै ‘लौन प्रचण्डजी’ भन्न नआउनुहोला।'
प्रकाशित: ११ भाद्र २०८१ १५:०५ मंगलबार





