सरकारले बाली तथा पशुपन्छी बिमामार्फत किसानलाई १२ वर्षमा १० अर्ब ८७ करोड रुपैयाँ बढी अनुदान रकम वितरण गरेको छ। सरकारले २०७०/७१ देखि २०८१/८२ सम्ममा बाली तथा पशुपन्छी बिमामार्फत किसानलाई उक्त रकम अनुदानमार्फत वितरण गरेको हो। सरकारले २०७०/७१ सालदेखि किसानलाई कृषि बिमा वितरण गर्दै आइरहेको जनाएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार १२ वर्षमा किसानलाई बिमा अनुदानमार्फत १० अर्ब ८७ करोड ९७ लाख ८८ हजार सात सय २८ रुपैयाँ वितरण गरिएको छ। यस अवधिमा बिमा दाबी गर्ने एक लाख ६९ हजार छ सय ७८ जना किसान रहेको सूचना अधिकारी जोशी बताउँछन्।
कृषि बिमा सुरुवातदेखि हालसम्म बीमांक रकम ३० खर्ब ३६ अर्ब २६ करोड ८५ लाख नौ हजार एक सय ८८ रुपैयाँ रहेको छ। यस अवधिमा बिमा शुल्क १८ खर्ब २२ अर्ब २६ करोड २७ लाख दुई हजार नौ सय ७९ रुपैयाँ लागेको छ। किसानले क्षतिपूति मार्फत सरकारसमक्ष दाबी गरेको रकम नौ अर्ब ५७ करोड ५२ लाख ९४ हजार छ सय २१ रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ।
बाली र पशुपन्छीतर्फ २०७०/७१ मा बीमांक रकम ६२ करोड ५४ लाख चार हजार छ सय १३ जना रहेकोमा बिमा शुल्क ३४ करोड चार लाख नौ हजार २३ रुपैयाँ रहेको छ भने सरकारको अनुदान १७ करोड २४ हजार पाँच सय ११ रुपैयाँ रहेको छ।
२०७१/७२ मा बीमांक रकम ३१ अर्ब ८६ करोड ८२ लाख दुई हजार एक सय ९५ जना रहेकोमा बिमाशुल्क १६ करोड १० लाख दुई हजार पाँच सय १६ रुपैयाँ रहेको छ भने सरकारको अनुदान १२ करोड ५६ लाख पाँच हजार दुई सय ५९ रुपैयाँ रहेको छ। यस अवधिमा दाबी रकम ६१ करोड ६२ लाख चार हजार सात सय ५४ रुपैयाँ रहेको थियो।
२०७२/७३ मा बीमांक रकम छ अर्ब ३८ करोड ४१ लाख दुई हजार दुई सय २४ जना रहेकोमा बिमाशुल्क २७ करोड ८७ लाख ४५ हजार ८० रुपैयाँ रहेको छ भने सरकारको अनुदान २० करोड ९० लाख ५८ हजार आठ सय १० रुपैयाँ रहेको छ। यस अवधिमा दाबी रकम १५ करोड ९५ लाख ८२ हजार आठ सय ७८ रुपैयाँ रहेको थियो।
२०७३/७४ मा बीमांक रकम नौ अर्ब २४ करोड ५० लाख ६१ हजार आठ सय १५ रहेकोमा बिमाशुल्क ४२ करोड ५९ लाख २४ हजार सात सय चार रुपैयाँ रहेको छ।
सरकारको अनुदान ३१ करोड ९४ लाख ४३ हजार पाँच सय २८ रुपैयाँ रहेकोमा यस अवधिमा दाबी रकम २५ करोड ९२ लाख ९२ हजार पाँच सय ४३ रुपैयाँ रहेको थियो।
यसै गरी २०७४/७५ मा बीमांक रकम १३ अर्ब २२ करोड २५ लाख ८९ हजार २४ जना रहेकोमा बिमाशुल्क ५७ करोड ४३ लाख ७८ हजार दुई सय ८२ रुपैयाँ रहेको छ भने सरकारको अनुदान ४३ करोड सात लाख ८३ हजार सात सय ११ रुपैयाँ रहेको छ। यस अवधिमा दाबी रकम ३१ करोड ६२ लाख ८४ हजार दुई सय ६७ रुपैयाँ रहेको थियो।
२०७५/७६ मा बीमांक रकम २२ अर्ब ९४ करोड ८७ लाख छ हजार एक सय १४ जना रहेकोमा बिमाशुल्क १० अर्ब चार करोड ७६ लाख तीन हजार तीन सय ४८ रुपैयाँ रहेको छ।
सरकारको अनुदान ७५ करोड ३५ लाख ६९ हजार सात सय ६२ रुपैयाँ रहेकोमा यस अवधिमा दाबी रकम ५६ करोड ७७ लाख ६७ हजार चार सय ३५ रुपैयाँ रहेको थियो।
२०७६/७७ मा बीमांक रकम २६ अर्ब ३८ करोड दुई लाख १९ हजार पाँच सय ९८ रहेकोमा बिमाशुल्क ११ अर्ब ८१ करोड ६९ लाख नौ हजार सात सय ८७ रुपैयाँ रहेको छ भने सरकारको अनुदान ८८ करोड ६२ लाख ७४ हजार आठ सय ४० रुपैयाँ रहेको छ।
यस अवधिमा दाबी रकम ६२ करोड २० लाख ३६ हजार पाँच सय ४१ रुपैयाँ रहेकोमा बीमा दाबी गर्ने १२ हजार चार सय ३८ जना रहेका थिए।
२०७७/७८ मा बीमांक रकम ४३ अर्ब ३० करोड २९ लाख ९८ हजार छ सय ४९ जना रहेकोमा बिमाशुल्क १९ अर्ब ३९ करोड ८६ लाख चार हजार आठ सय ८६ रुपैयाँ रहेको छ भने सरकारको अनुदान १४ अर्ब ५४ करोड ८९ लाख आठ हजार छ सय ६४ रुपैयाँ रहेको छ।
यस अवधिमा दाबी रकम ६४ करोड ९३ लाख नौ हजार ४५ रुपैयाँ रहेकोमा बिमा दाबी गर्ने २१ हजार छ सय ७५ जना रहेका थिए।
यस्तै २०७८/७९ मा बीमांक रकम ५० अर्ब ३५ करोड ४७ लाख दुई सय ३३ जना रहेकोमा बिमाशुल्क २१ अर्ब ९१ करोड ८८ लाख चार हजार एक सय नौ रुपैयाँ रहेको छ।
सरकारको अनुदान १६ अर्ब ६५ करोड ७१ लाख आठ हजार चार सय ८३ रुपैयाँ रहेकोमा दाबी रकम दुई अर्ब १३ करोड ३५ लाख ६५ हजार छ सय २२ रुपैयाँ रहेको थियो भने बिमा दाबी गर्ने ४२ हजार दुई सय ३९ जना रहेका थिए।
२०७९/८० मा बीमांक रकम ५० अर्ब ५१ करोड ४७ लाख चार हजार ४६ जना रहेकोमा बिमाशुल्क दुई अर्ब २७ करोड ८९ लाख १४ हजार आठ सय ४३ रुपैयाँ रहेको छ भने सरकारको अनुदान एक अर्ब ८१ करोड ८४ लाख ४८ हजार नौ सय ५० रुपैयाँ रहेको छ।
यस अवधिमा दाबी रकम एक अर्ब ७३ करोड ९९ लाख ११ हजार पाँच सय चार रुपैयाँ रहेकोमा बिमा दाबी गर्ने ३७ हजार एक सय ७६ जना रहेका थिए।
२०८०/८१ मा बीमांक रकम ४२ अर्ब १३ करोड ५४ लाख ३५ हजार आठ सय ८४ जना रहेकोमा बिमाशुल्क २० अर्ब २८ करोड ५२ लाख दुई हजार छ सय ८३ रुपैयाँ रहेको छ।
सरकारको अनुदान १६ अर्ब १७ करोड २२ लाख चार हजार दुई सय ५८ रुपैयाँ रहेकोमा यस अवधिमा दाबी रकम एक अर्ब ७० करोड ७३ लाख चार हजार तीन सय ४८ रुपैयाँ रहेको थियो भने बिमा दाबी गर्ने ३२ हजार पाँच सय ६६ जना रहेका थिए।
२०८१/८२ मा बीमांक रकम ३६ अर्ब ८४ करोड ४८ लाख ६४ हजार सात सय ८७ जना रहेकोमा बिमाशुल्क एक खर्ब ७० अर्ब १२ करोड ६५ लाख २३ हजार सात सय १७ रुपैयाँ रहेको छ भने सरकारको अनुदान एक अर्ब ६० करोड १६ लाख ७७ हजार नौ सय ४५ रुपैयाँ रहेको छ।
यस अवधिमा दाबी रकम एक अर्ब ३६ करोड ५१ लाख ८४ हजार आठ सय ८१ रुपैयाँ रहेकोमा बिमा दाबी गर्ने २३ हजार पाँच सय ८४ जना रहेका थिए।
विकास मन्त्रालयका सूचना अधिकारी जोशीले बिमाका लागि सबैभन्दा बढी फलफूल र पशुपन्छी चौपायाका किसान आउने गरेको बताए। फलफूलमा पनि केरा खेतीवाला किसान र पशुपन्छीमा गाई र बाख्रापालक किसान आउने गरेको सूचना अधिकारी जोशीले बताए।
प्रकाशित: २० माघ २०८२ ०८:०३ मंगलबार





