१४ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

रास्वपा महामन्त्री विपिन आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल चीन जाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यको नेतृत्वमा एक प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा उक्त प्रतिनिधिमण्डल छिट्टै चीन प्रस्थान गर्न लागेको हो। पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको सचिवालय बैठकमा सो भ्रमणबारे छलफल भएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

यसैबिच, बैठकमा मधेस प्रदेश र केही जिल्लाहरूमा देखिएका साङ्गठनिक समस्या तथा ‘मधेस अडिट’ का सम्बन्धमा सह-महामन्त्री हरि ढकाल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन पेस भएको छ।

उक्त प्रतिवेदनमाथि विस्तृत अध्ययन गरेपछि पार्टीले आवश्यक आगामी कदम चाल्ने निर्णय सचिवालय बैठकले गरेको प्रवक्ता खरेलले बताए।

प्रकाशित: १४ कार्तिक २०८३ १९:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App