१४ कार्तिक २०८३ शनिबार
image/svg+xml
खेल

एनपीएल: सुदूरपश्चिम र विराटनगरबीचको खेल अन्यौलमा

नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल सुरु हुन सकेको छैन । वर्षाले प्रभावित खेल अम्पायरले ५–५ ओभरको खेलाउने निर्णय गरेका थिए ।

साँझ ७:२५ का लागि टस र ७:४१ मा खेल सुरु हुने निर्णय भनिएको थियो । तर, सुदूरपश्चिम रोयल्सले असहमति जनाएको छ । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, मुख्य प्रशिक्षक मिसवाह उल हक, नेपाल क्रिकेट संघका सचिव पारस खड्का, अम्पायर र क्युरेटरबीच लामो छलफल भएको थियो ।

तर, उक्त छलफलबाट कुनै निष्कर्ष निस्किएन । 

प्रकाशित: १४ कार्तिक २०८३ २०:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App