४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओमानका विदेशमन्त्री काठमाडौंमा, उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने

ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी दुई दिने भ्रमणका लागि काठमाडौं आएका छन्।

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि उनी सोमबार अपराह्न काठमाडौँ ओर्लिएका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पराराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरिन्।

नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा दुई समकक्षीबीच द्विपक्षीय भेटवार्ता तथा छलफल हुनेछ।

नेपालको दुई दिने भ्रमणका क्रममा विदेशमन्त्री हमूद अल्बुसैदीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन्। 

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्ने कार्यतालिका तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएपछि ओमानबाट यो पहिलो उच्च भ्रमण हो। उनी मंगलबार फर्कने छन्।

प्रकाशित: १० भाद्र २०८१ १७:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App