२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

विधेयकले संक्रमणकालीन न्यायका आधारभूत मान्यता बोकेको छः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभामा प्रस्तुत संक्रमणकाली न्यायसम्बन्धी विधेयकमा संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको टिप्पणी गरेका छन्।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाद्वारा बुधबार प्रतिनिधिसभामा प्रस्तुत बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (तेस्रो संशोधन) विधेयक २०७९माथिको छलफलमा सहभागि हुँदै सभापति देउवाले यस्तो बताएका हुन्।

‘संसदमा प्रस्तुत विधेयकले संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको छ,’ सभापति देउवाले भने, ‘सत्यको अन्वेषण गर्ने, न्याय गर्ने, पीडितको परिपूरण गर्ने र द्वन्द्वलाई पुनरावृत्ति हुन नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था  गरेको छ।’ यस्तै नेपालको प्रचलित कानुन, सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मापदण्डअनुरुप रहेको पनि बताए।

विधेयकमा जुटेको सहमतिले जटिल काम नेपाली राजनीतिक दल सम्पन्न गर्न आफै सक्षम छन् भन्ने देखाएको पनि देउवाले बताए।  

यस्तै नेपालले शान्ति प्रक्रियामा अवलम्बन गरेको नीति विश्वका लागि उदाहरणीय अनुकरणीय रहेको पनि देउवाले टिप्पणी गरे।

प्रकाशित: ३० श्रावण २०८१ १४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App