७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसको केन्द्रीय समिति बैठक भदौ ७ गते बस्ने गरी स्थगित

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अब भदौ ७ गते बस्ने भएको छ।

पार्टी कार्यालय सानेपामा जारी बैठकमा सोमबार केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएपछि बैठक भदौ ७ गते बस्ने गरी स्थगित गरिएको हो।

सोमबारको बैठकमा चित्रलेखा यादव, डा. मिनेन्द्र रिजाल, एन।पी। साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाई, रामजनम चौधरी, डा.गोपाल दहित, मधु आचार्य, उमेशजंग रायमाझी, अर्जुनजंगबहादुर सिंह, रामहरि खतिवडा, विनोदकुमार चौधरी, रंगमती शाही, नानु बास्तोला, माया राई, रूपा वि।क।र अनिलकुमार रुंगटाले आ–आफ्नो धारणा राखेका थिए।

त्यसैगरी कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र ऊर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले बैठकमा आफ्नो धारणा राखेका थिए। 

प्रकाशित: २८ श्रावण २०८१ १८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App