४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बहुमतको बलमा संविधान संशोधन गर्दैनौं विधि र प्रक्रियाबाटै हुन्छ: उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बहुमतको बलमा संविधान संशोधन नगर्ने बताएका छन् ।

शुक्रवार विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिंहले वर्तमान सरकारले संविधानमा अपुरो भएको कुरालाई पूर्णता दिन संविधान संशोधन गर्ने बताएका हुन । उनले संविधान संशोधन बहुमतको बलमा नगरी निश्चित विधि र प्रक्रियाबाट गरिने बताए ।

अधिकार दिने कुराहरूमा भएका कमी कमजोरी सच्याउन र समाजका असन्तुष्टिहरूलाई सम्बोधन गर्न संविधान संशोधन गर्न लागिएको उनले स्पष्ट पारे।उनले कांग्रेस जनतालाई अधिकार दिलाउन लडेको पार्टी भएको भन्दै जनतालाई दिएको अधिकार फिर्ता लिनेबारे नसोच्ने बताए ।

उनले २०७२ सालमा ल्याएको संविधानले दिएको अधिकार कटौती गर्न लागिएको भन्ने गलत व्याख्या भइरहेको भन्दै त्यस्तो नहुने बताए । उनले २०७२ को संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न र कमी कमीकमजोरीहरू सच्याउनकै लागि संविधान संशोधन गरिने बताए ।

उनले सङ्घीयता, गणतन्त्र, समावेशिता लगायतका कुराहरूलाई जनताले चाहेअनुसार नै कार्यान्वयन गराउने बताए । 

प्रकाशित: २५ श्रावण २०८१ १६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App