४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अरुण चौधरीकाे दाबीः राज्यमन्त्रीले पनि गर्न सक्छन् भन्ने देखाउँछु

नागरिक उन्मुक्ति पार्टीबाट संघीय सरकारमा सामेल भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले ‘राज्यमन्त्रीले केही गर्नसक्दैनन्’ भन्ने भाष्य परिवर्तन गर्ने दाबी गरेका छन्।

राज्यमन्त्री नियुक्त भएपछि शनिबार कैलालीस्थित आफ्नो निर्वाचन क्षेत्र पुगेका राज्यमन्त्री चौधरीले बजेट बाँड्ने आफ्नो काम नभएपनि अधिकारको प्रयोगबाट राज्यमन्त्रीले पनि गर्नसक्छन् भन्ने देखाउने दाबी गरेका हुन्।

‘मेरो काम बजेट बाँड्ने हैन्। बजेटको कार्वान्वयनको अबस्था के छ? भनेर अध्ययन अनुगमन गर्ने हो। कहाँ बजेट हाल्ने, कसरी काम गर्ने? कहाँ कमिकमजोरी भएको छ? भनेर अध्ययन गर्ने हो,’ राज्यमन्त्री चौधरीले भने, ‘राज्यमन्त्रीले केही गर्दैनन्गर्न सक्दैनन् भन्ने भाष्य परिवर्तन् गर्दै दत्तचित्त र इमान्दारिताका साथ काम गर्नेछु।’

आफूलाई भेट्न आउँदा गलत नियत र सोच ल्याएर कसैले पनि नआइदिन मतदातालाई राज्यमन्त्री चौधरीले आग्रह समेत गरे।

उनले भने, सबै जनालाई मेरो अनुरोध छ। मसँग गलत नियत, गलत सोच र कसैको व्यक्तिगत फाइदा हुने कामका लागि यसो गर्दिनुस्, उसो गर्दिनुस् भन्दै नआउनुस्।

तर, देश र समाजको लागि गर्न सक्ने हरेक कामका लागि रचनात्मक सल्लाह सुझाव दिन भने नहिचकिचाउन उनले आग्रह गरे।

प्रकाशित: १९ श्रावण २०८१ १३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App