१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

सभामुखसँग समिति सभापतिको गुनासो: लगातार संसद बैठक राख्दा समिति बैठक बस्न समस्या भयो

संसदीय समितिका सभापतिहरूले लगातार संसदको बैठक नराख्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् ।

बुधवार संसदीय समितिका सभापतिहरूसँगको छलफलमा सभामुख घिमिरेसँग सांसदहरूले लगातार संसदको बैठक राख्दा समितिको बैठकमा सांसदहरूको गणपूरक संख्या नपुग्ने समस्या आएको बताएका हुन्।उनीहरुले संसदको बैठकपछि सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा जाँदा समितिको बैठक बस्न समस्या भइरहेकाले दिन बिराएर संसद र समितिको बैठक राख्न आग्रह गरेका हुन् ।

छलफलबारे जानकारी दिँदै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले सभामुख घिमिरेले समितिमा विधेयकको अवस्थाका बारेमा चासो राख्नुभएको बताए ।उनले समितिलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका बारेमा पनि छलफल भएको बताए ।संशोधन कर्ताहरू धेरै भएका कारण समितिको हल सानो भएकाले ठाउँको व्यवस्थापन गर्न सभापतिहरूले आग्रह गरेको पनि जानकारी दिए । मन्त्रीहरुले समितिलाई प्राथमिकतामा राखेको पनि सभापतिहरूले बताउनु भएको जानकारी दिए ।

सरकारलाई केही दिनसम्म बिजनेस नहुँदा के गर्ने ? कसरी अघि बढ्ने भन्ने कुरामा पनि छलफल भएको बताए। समिति प्रभावकारी बनाउन सदन भएको दिन पनि बैठक बस्ने व्यवस्था गर्ने र छिटो भन्दा छिटो विधेयकहरू पारित गरी पेस गर्न सभामुख घिमिरेले निर्देशन दिनुभएको उनले जानकारी दिए । 

प्रकाशित: १६ श्रावण २०८१ १८:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App