२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सांसद झाको प्रश्न: विमानको ककपिटमा रेकर्ड भएको कुरा बाहिर ल्याउन मिल्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पोखरामा दुर्घटना भएको यति एयर विमानमा पाइलट र कोपाइलटले बोलेको ककपिटको रेकर्ड बाहिर आएको भन्दै त्यसप्रति ध्यानाकर्षण गरेका छन्।

मंगलबार प्रतिनिधि सभामा बोल्दै झा ले त्यस्तो रेकर्ड कानुनले बाहिर ल्याउन नमिल्ने बताउँदै कसरी बाहिर आयो त्यसको जाँचबुझ गर्नुपर्ने बताएका हुन्।

उनले भने, 'आज भन्दा १८ महिना अगाडि वि स २०८९ माघ १ गतेका दिन काठमाडौँबाट पोखरा जाँदै गरेको यति एयर को विमान दुर्घटना भयो। क्याप्टेन कमल केसी र क्याप्टेन अन्जु खतिवडा सहित ७२ जनाको मृत्यु भयो। नागरिक उड्डयनको पूर्व कर्मचारी नागेन्द्र प्रसाद घिमिरेको नेतृत्वमा छानबिन समिति पनि गठन भयो। तर अहिले ककपिटको रेकर्ड सामाजिक सञ्जालमा छ्यापछ्यापती छ। तर कानुनले यो रेकर्ड बाहिर ल्याउन दिँदैन। तर कसरी बाहिर आयो। यसको कडाइका साथ जाँचबुझ गरियोस् र कारबाही पनि गरियोस्।'

प्रकाशित: १५ श्रावण २०८१ १४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App