राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निशा डाँगीले कीर्तिपुर क्रिकेट मैदानको काम कति भयो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेकी छिन्।
सोमबार प्रतिनिधि सभामा बोल्दै सांसद डाँगीले अहिलेसम्म कीर्तिपुर क्रिकेट मैदानको काम कति भयो भन्दै प्रश्न गरेकी हुन्।
उनले भनिन, 'सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युले नयाँ सरकार बनेपछि असार ३१ गते बसेको पहिलो मन्त्री परिषद्को बैठकमा ३०० सय दिनभित्र कीर्तिपुर क्रिकेट खेल मैदान सुविधा सम्पन्न बनाउने निर्याण गर्नुभएको थियो। उक्त निर्णयमा दर्शक बस्ने प्याराफिट, राती खेल्नका लागि फल्डलाइट र अन्य संरचना बनाउने निर्णय भएको थियो। आज साउन १४ गते भइसकेको छ। निर्णय भएको १५ दिन भएको छ। ३०० सय लाई सत प्रतिशत मान्ने हो भने आजसम्म ५ प्रतिशत काम भइसक्नुपर्छ।'
उनले कीर्तिपुर क्रिकेट खेल मैदानको प्रगति सदनमा राख्न पनि माग गरेकी छिन्। प्रधानमन्त्री वा खेलकुद मन्त्रीले खेल मैदानको प्रगति सदनमा प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ।
प्रकाशित: १४ श्रावण २०८१ १४:०१ सोमबार