२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेशमा शेखर पक्षले माग्यो ११ वटा मन्त्रालय, देउवा भने मौन

सभापति शेरबहादुर देउवासँग प्रदेश सरकारमा ११ वटा मन्त्रालय चाहिने नेता शेखर कोइराला पक्षले माग राखेका छन्।

कोइराला पक्षले आफूहरूलाई कोशीमा-२ वाग्मतीमा- ३, गण्डकीमा-२, लुम्बिनीमा-२, कर्णालीमा-१ र सुदुरपश्चिममा-१ जना गरी ११ वटा मन्त्रालय आफूहरूलाई दिनुपर्ने माग राखेका हुन्।

त्यसो त यो विषयमा भने सभापति शेरबहादुर देउवाले कुनै जवाफ दिएका छैनन्। शेखर पक्षले आफूलहरुलाई ११ वटा मन्त्रालय दिनुपर्ने भन्ने माग सभापति समक्ष पुर्‍याइसकेको छ। तर देउवाले भने कुनै जवाफ दिएका छैनन्।

त्यस्तै प्रदेश सरकार गठन र आफ्नो समूहको सहभागिताबारे सभापति देउवाले कुनै छलफल नगरेको भन्दै शेखर पक्ष असन्तुष्ट बनेका छन्। केही छलफल नगरी देउवा अगाडि बढेको उनीहरूको आरोप छ। 

प्रकाशित: १० श्रावण २०८१ १४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App