४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीको विश्वासको मतसम्बन्धि प्रस्तावमा मतदान सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिन राखेको प्रस्तावमाथि प्रतिनिधि सभामा मतदान सुरु भएको छ।

गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा ९एमाले० अध्यक्ष ओलीले आइतबार नै संसद्मा विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मत सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, लोसपा, जसपा नेपाल, जनमतसहितका दलले पक्षमा मत दिने बताएका छन्।

नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपालगायत दलले भने विपक्षमा मतदान गर्ने बताएका छन्।

विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले वर्तमान राजनीतिक प्रणाली नेपाली कांग्रेस र नेकपा एमालेको सङ्घर्षले स्थापित भएको दाबी गरे।

व्यवस्था बनाउने दलमाथि संविधान खान लागेको आरोप हास्यास्पद रहेको बताउँदै उनले ख्यालठट्टामा नभई बलिदान दिएर व्यवस्था ल्यायो त्यसमाथि कुनै प्रकारको तर्क नगर्न आग्रह गरे।

प्रकाशित: ६ श्रावण २०८१ १८:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App