१३ भाद्र २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादी प्रतिपक्षको भूमिकामा खरो उत्रन्छ: उपाध्यक्ष मैनाली

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले माओवादी बलियो प्रतिपक्ष बनेर संसद्‌मा खरो रुपमा उत्रन पर्ने बताएका छन्। राम्रो काम गर्दा गर्दै सरकारबाट बाहिरिन परे पनि त्यसमा गुनासो गर्नुपर्ने कुनै अर्थ नरहेको उनको भनाई छ।

अखिल (क्रान्तिकारी) काठमाडौं इन्जिनियरिङ कलेजको १३ औं इकाई सम्मेलनलाई प्रमुख वक्ताका रुपमा बोल्दै मैनालीले यस्तो बताएका हुन।

केइसी कलेजका पूर्व विद्यार्थी समेत रहेका मैनालीले क्रान्तिकारी साथीहरू प्रतिपक्षमा बसेर पार्टी निर्माण गर्न सम्भव रहेको बताए।

माओवादी प्रतिपक्षमा रहेर जनताको एजेण्डा बोकिरहँदा मुलुकको सबैभन्दा ठूलो शक्ति बनेको भन्दै  मैनालीले भने "प्रचण्ड खुमलटारबाट बालुवाटार सर्दा दलाल मार्काका साथीहरुले रुवाबासी गरिरहनुभएको छ तर प्रचण्ड स्वयं र पार्टीलाई नयाँ ढंगले अघि बढाउन जरुरी छ, भन्ने साथीहरू उत्साहित नै  हुनुहुन्छ।"

विद्यार्थी नेता रजिन रानाले सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध निर्मम अभियान चलाएकै कारण सरकार ढल्नुले पनि माओवादीले प्रतिपक्षमा बसेर सुशासन पक्षधर जनसमुदायसँग मिलेर अभियान चलाउने सक्ने तर्क गरे।

प्रकाशित: २ श्रावण २०८१ २२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App