२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml १३:१६ अपराह्न
राजनीति

रविलाई मुकुलको चेतावनी: मुकुल ढकाल अर्को शालिकराम पुडासैनी बन्दैन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुकुल ढकालले अर्को शालिकराम पुडासैनी नबन्ने चेतावनी दिएका छन्। 

सोमबार सामाजिक सञ्जालमा लेख्दै ढकालले आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र मेरो परिवार समेतलाई अनेकन आक्षेप लगाउन थालेको पनि रविमाथि आरोप लगाएका छन्।

उनले लेखेका छन्, 'रवि लामिछाने ज्यू , आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र मेरो परिवार समेतलाई अनेकन आक्षेप लगाउन थाल्नु भएछ । तपाईँ आफ्नो स्तर देखाउँदै हुनुहुन्छ । तपाईँ जति सक्नु हुन्छ , गर्नुहोस्, मेरो शुभकामना छ। चिन्ता लिनु पर्दैन , मुकुल ढकाल अर्को शालिकराम पुडासैनी बन्दैन।'

प्रकाशित: ३१ असार २०८१ १२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App