२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गृहमन्त्री लामिछानेले प्रहरीसँग भने: मेरो बारेमा पनि अनुसन्धान गर्नुस्

कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन्।

आईतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन्। उनले आफ्नो बारेमा पनि धेरै प्रश्नहरु उठेको भन्दै आफू मन्त्री भएकाले कुनै प्रभाव परेको भए आजबाट अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने बताए। उनले आफूले सरुवा र बढुवा कुनै व्यक्ति विशेषलाई हेरेर नगरेको बताए।

आफूले नेपाल प्रहरीमा कुनैपनि विधि मिच्ने काम नगरेको उनले जिकिर गरे। उनले आफू गृहमन्त्री भएपनि आफूले सुरक्षा निकायलाई आफ्नो बारेमा अध्ययन, अनुसन्धान नगर भनेर निर्देशन नदिएको बताए। गल्ती गरेको जो कोही पनि बच्नु र बचाउनु नहुने उनले बताए।

सुनको अनुसन्धानको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न आफूलाई कुनै आपत्ति नरहेको भएपनि राज्यका सुरक्षा निकायको गोपनियतालाई मध्यनजर गरी सार्वजनिक नगरेको बताए। उनले आफूले गरेका र बाहिर आएका कतिपय गतिविधि सरकार परिवर्तनसँगै साम्य देखिएको बताए।  

यो पनि पढ्नुहोस्

गृहमन्त्रीको दाबी: निर्मला पन्तको अनुसन्धान अन्तिम चरणमा पुगेको छ

प्रकाशित: ३० असार २०८१ १४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App