४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

त्रिशुलीमा बस खसेर बेपत्ता भएकाको खोजी र उद्धारका लागि प्रधानमन्त्रीको निर्देशन

त्रिशुली नदीमा बस बेपत्ता भएकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले दुःख व्यक्त गर्दै खोजी र उद्धारका लागि निर्देशन दिएका छन्।

नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुईवटा बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता भएको हुँदा तत्काल खोजी र प्रभावकारी उद्धारका लागि उनले सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

उनले देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति पनि दुःख व्यक्त गर्दै सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री दाहालले मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनिकरण सम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र रातहमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई पनि अपील गरेका छन्।

आज बिहान ३ः३० बजेतिर काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूली नदीमा खसेको थियो। बसमा चालकसहित सवार करिब ६५ जना यात्रु बेपत्ता भएका छन्।

प्रकाशित: २८ असार २०८१ ०७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App