२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन माओवादी केन्द्रले लगायो ह्विप

नेकपा(माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतका लागि ह्विप जारी गरेको छ।

बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय गरेको हो।त्यस्तै बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन प्रतिनिधि सभामा रहेका अन्य राजनीतिक दलहरूलाई अपिल गरेको छ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संविधानको रक्षा, संविधानको कार्यान्वयन र जनताको हित चाहने राजनीतिक दल तथा स्वतन्त्र सांसदहरूलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको जानकारी दिए।उनले आगामी दिनमा वामपन्थी शक्तिहरूको बिचमा एकता र समाजवादी मोर्चालाई पनि अगाडी बढाउने विषयमा प्रधानमन्त्री दाहालले स्पष्ट पार्नुभएको बताए।

प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसंग सरकारलाई निरन्तरता दिने वचन दिएर कांग्रेससंग सरकार बनाउने सहमति गरेको भन्दै ओलीले ढाँटछलेर  गरेको ब्रिफिङ गर्नुभएको प्रमुख सचेतक पाण्डेले जानकारी दिए । पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा ७६(३) बमोजिमको सरकार बन्ने जिकिर गरे । 

प्रकाशित: २६ असार २०८१ १७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App