७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दलहरू छलफलमा जुट्दा संसद बैठक बस्न ढिलाइ

बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक अझै पनि बस्न सकेको छैन।

प्रतिनिधि सभाको बैठक सम्बन्धमा दलहरूबिच छलफल जारी रहेकाले बैठक बस्न ढिलाइ भएको संसद सचिवालयले जनाएको छ। 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले थारु आयोगको पाँचौ वार्षिक प्रतिवेदन २०७९ श्रावण–२०८० अषाढ पेश गर्ने कार्य तालिका छ।

त्यस्तै आजको बैठकमा अर्थ मन्त्री वर्षमान पुनले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रकाशित: २५ असार २०८१ १२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App