३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक आज बस्दै छ। अहिले बिहान ११ः १५ बजेका लागि बैठक बोलाइएको छ।

आजको बैठकमा प्रधानमन्त्री एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्तप पनि उनले पेश गर्नेछन्।

राष्ट्रिय सभा सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने आर्थिक विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पनि उनले प्रस्तुत गर्नेछन्।

अर्थ मन्त्री पुनले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने भन्सार महशुल विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। भन्सार महशुल विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव पनि उनले प्रस्तुत गर्नेछन्।

त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव पनि उनले प्रस्तुत गर्नेछन्।

प्रकाशित: २३ असार २०८१ १०:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App