२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

जसपा नेपालको केन्द्रीय समिति २०१ सदस्यीय बनाइँदै

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको नामावली टुंगो लगाउने भएको छ।

पार्टीको जेठमा आयोजित महाधिवेशनले केन्द्रीय समिति सर्वसम्मत चयन गर्न पार्टी अध्यक्ष उपेन्द्र यादवलाई जिम्मा लगाएको थियो। सोहीअनुसार केही दिनमा दुई सय एक सदस्यीय केन्द्रीय समिति टुंगो लगाइने भएको छ।

पार्टीको विधानमा १५१ सदस्यीय समितिको व्यवस्था भएपनि जसपा नेपालले महाधिवेशनबाट विधान संशोधन गरी दुई सय एक सदस्यीय केन्द्रीय  समिति बनाउने निर्णय गरेको हो।

जसपा नेपालको महाधिवेशनबाट अध्यक्ष उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका थिए। अन्य पदमा भने उम्मेदवारी परेको थियो। जसअनुसार १ सह अध्यक्ष पदका लागि ३ जनाले उम्मेदवारी दर्ता गरेका थिए।  त्यस्तै ५ उपाध्यक्ष पदका लागि २३ जनाको उम्मेदवारी परेको थियो। २ महासचिवका लागि ६ जना र  ३ उपमहासचिवका लागि १३ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका थिए। ७ सचिव पदका लागि ३४ जना र १ कोषाध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको थियो।

निर्वाचनले पार्टीलाई नोक्सान पुर्‍याउने देखिएपछि निर्वाचन प्रक्रिया स्थगित गरी महाधिवेशन हलबाट समिति टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई दिएको थियो। पार्टीले महाधिवेशनबाट भए गरेका निर्णयको जानकारी निर्वाचन आयोगलाई गराउने तयारी गरेको छ।

प्रकाशित: २० असार २०८१ १४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App