१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

भ्रष्टाचारबारे नेपाल भन्छन्: पैसाबीना काम हुन्न, सेटिङ मिलाइएको छ

नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य गर्न वृहत चिन्तनको आवश्यकता रहेको बताएका छन्।

आइतबार नेकपा एसको १० औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘अहिले प्रत्येक ठाउँमा भ्रष्टाचार छ। बिना पैसाको कुनै काम हुँदैन। सेटिङहरू मिलाइएको छ ,’ अध्यक्ष नेपालले भने, ‘त्यसैले यो बेथितिको अन्त्य गर्ने कसरी रु यो नीतिमा पनि देखा पर्छ। काम र व्यवहारमा देखापर्छ । दोस्रो समस्या भनेको सामूहिक बृहत चिन्तनको कमी।’

आफ्नो स्वार्थको निम्ति कुनै परियोजना बनाउन अर्बौं खर्च गरिदिने पद्धति पनि अहिलेको समस्याको कारक रहेको उनले बताए। त्यस्तो खर्च उत्पादन, रोजगारी प्रवद्र्धन, देशको आय बढाउन, सिंगो अर्थतन्त्रलाई उँभो उठाउन, राष्ट्रिय पुँजीको निर्माण गर्न, उद्यमशीलताको विकास गर्न खर्च गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष नेपालले बताए।

उनले भने, ‘चाहे कृषि होस्, जलविद्युत, पर्यटन, उद्योग धन्दा यि सबैका लागि पूर्वाधारको विकास होस्। पूर्वाधारको लागि शिक्षा, स्वास्थ्यको विकास होस्। विज्ञान, प्रविधि, अध्ययन र अनुसन्धानका पक्षमा के गर्नुपर्छ, त्यसमा गम्भीर चिन्तन र छलफल गर्नुपर्ने आवश्यकता छ।’

प्रकाशित: १६ असार २०८१ १७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App