१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

स्वदेशमा नै सिर्जनशील उद्यम गर्न मुख्यमन्त्री सिंहको आग्रह

फाइल तस्बिर

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–४ रामचोकस्थित नवनिर्मित राम व्यायामशाला भवनको उद्घाटन गरेका छन्। 

भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा २५ लाखको लागतमा व्यायामशाला निर्माण भएको श्रीराम युवा कमिटीको अध्यक्ष प्रमेश्वर साहले जानकारी दिए।

सो अवसरमा मुख्यमन्त्री सिंहले मधेस प्रदेश सरकारले युवामैत्री  बजेट ल्याएको जानकारी दिँदै स्वदेशमा नै सिर्जनशील उद्यम गर्न युवालाई आग्रह गरे। 

उनले खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारको दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवन यापन गर्न नियमित शारीरिक अभ्यासमा व्यायामशालाले उत्प्रेरित गर्ने बताए। 

‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नाराका साथ हरेक पालिकासँगको समन्वयमा नागरिक आरोग्य केन्द्रको स्थापना गरी स्वस्थ्य नागरिक समृद्ध प्रदेशको अभियानसमेत सञ्चालन गरिने उनले बताए।

प्रकाशित: १४ असार २०८१ १३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App