१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

सहिदहरूको नाममा कार्यक्रम गरौँ भन्दा नगर सभा बैठक रोकियो: मेयर बालेन

काठमाडौँ महानगरका मेयर बालेन शाहले सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ कार्यक्रम गरौँ भन्दा नगर सभा स्थगित भएको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै शाहले सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ कार्यक्रम गरौँ भन्दा नगर सभा स्थगित भएको बताएका हुन्।

उनले लेखेका छन्, 'एमाले काङ्ग्रेसले बिपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो। मैले चार स्वतन्त्र सेनानी सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ। सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला। त्यसपछि आज बस्ने नगर सभा बैठक रोकेर जानु भयो।'

महानगरमा वडा अध्यक्ष र मेयर शाहबिच कुरा नमिल्दा पटक पटक नगर सभाको बैठक स्थगित हुँदै आएको छ। 

प्रकाशित: १४ असार २०८१ १२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App