१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भयोः सांसद पाण्डे

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले देशका किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको टप्पणी गरेका छन्।

बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले रेगिस्तानको मरुभूमिमा मृगले पानीको खोजीमा दौडँदा दौडँदै मृत्युवरण गर्नुपरे जस्तै किसान पनि मल, बीउ र सिंचाईका लागि दौडनु परेको बताए।

उनले किसानहरू मल पाए बीउ नपाउने र बीउ पाए सिंचाई नपाउने अवस्थामा रहेका बताए।

उनले सबै पाएको अवस्थामा बजारको व्यवस्थापन नहुने भन्दै यसरी देश कता पु¥याउन खोजिएको हो भनि प्रश्न समेत गरे।

सांसद पाण्डेले अस्पताल, विद्यालयमा पनि उस्तै समस्या रहेको भन्दै कुनैपनि क्षेत्रमा सहज अवस्था नभएको बताए।

प्रकाशित: १३ असार २०८१ १४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App