नेपाली कांग्रेस भक्तपुर–२ का उम्मेदवार कविर राणाले आफूविरुद्ध प्रतिस्पर्धा गर्ने राजनीतिक प्रतिद्वन्द्वीहरू अनुभवहीन र परिपक्व नभएको बताएका छन्।
आज आयोजित पत्रकार सम्मेलनमा राणाले आफूले राजनीतिमा जति समय र चुनौती भोगेको छ, त्यसमा प्रतिस्पर्धीहरूको अनुभव त्यति नभएको उल्लेख गरे।
उनले थपे, ‘शैक्षिक योग्यताको हिसाबले पनि म जतिको योग्य कोही छैन। त्यसैले हाम्रो जित्ने आधार स्पष्ट छ। विगतमा पनि निरन्तर सफलता हासिल गर्दै आएका छौँ, अहिले पार्टी एक ढिक्का छ, जित सुनिश्चित छ।’
भक्तपुर–२ मा अहिले एमालेबाट महेश बस्नेत, नेकपाबाट रामप्रसाद सापकोटा दीपशिखा, र रास्वपाबाट राजीव खत्री लगायत उम्मेदवार रहेका छन्।
प्रकाशित: २२ माघ २०८२ १७:३६ बिहीबार





