९ असार २०८३ मंगलबार
image/svg+xml
राजनीति

रास्वपा महाधिवेशनमा भोलि बिहान ९ बजेदेखि मतदान

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ । हिजो छलफल नभइ बितेको महाधिवेशनको दिन आज चार घण्टा छलफलपछि सभापतिमा रवि लामिछानेले उम्मेदवारी दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका बरिष्ठ नेता बालेन शाहले लामिछानेलाई सभापतिमा प्रस्ताव गरेका थिए ।  

अन्य नेताले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । जारी महाधिवेशनमा नयाँ नेतृत्वका लागि भोलि मतदान हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार, भोलि बिहान ९ बजेबाट मतदान हुने भएको छ । बन्द सत्र सकिएसँगै निर्वाचन आयोगले निर्वाचन कार्यतालिका अघि बढाइसकेको छ ।

प्रकाशित: ९ असार २०८३ २१:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App