२२ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

सरकारी साक्षीले बयान फेरेपछि अर्को मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य र उनका कार्यालय सहयोगी टिकाराम राउतसँग सम्बन्धित घुस प्रकरणमा नयाँ मोड ल्याएको छ। आयोगले सो प्रकरणमा सरकारी साक्षीका रूपमा पेस भएका दुई जनाले आफ्नो बयान फेरेपछि उनीहरूलाई पनि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार, मोही जग्गा दर्ता सम्बन्धमा सहजीकरण गर्ने बहानामा सेवाग्राहीसँग रुपैयाँ २४ लाख ५० हजार घुससहित पक्राउ परेका आचार्य र राउतमाथि यसअघि मुद्दा दायर गरिएको थियो। ती प्रकरणमा भक्तपुर, चाँगुनारायण नगरपालिका–४ का तेजबहादुर तामाङ र सानु कान्छा तामाङलाई सरकारी साक्षी बनाइएको थियो।

तर, उनीहरूलाई पूर्ण छुट दिने सर्तमा सरकारी साक्षी बनाएको हुँदाहुँदै विशेष अदालतमा आयोगमा दिएको बकपत्र विपरीत बयान दिएका थिए। उनीहरूले घुस/रिसवतको घटनालाई नै इन्कार गरेका थिए।

अख्तियारले अदालतमा झुटो बयान दिई भ्रष्टाचार निवारण कार्यमा बाधा पुर्‍याएको भन्दै तामाङद्वयलाई प्रतिवादी बनाएर साढे २४ लाख रुपैयाँ बिगोसहित जरिवाना र कैद सजायको माग गरेको छ।

 

प्रकाशित: २२ माघ २०८२ १७:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App