१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

अयोध्यामा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छः वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेवा गौतमले भारतको अयोध्यामा राम बनाउन भनेर नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्ने बताएका छन्।

सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले केही समय पहिला नेपाल राष्ट्रले नेपाललाई ठूलो अत्याचार गरेके कुरा आफूले बताएको तर सरकारले चासो नदेखाएको बताए।

यसअघिको कांग्रेस सम्मिलित नेकपा (माओवादी केन्द्र) को सरकारले  भारतको अयोध्यामा रामको मन्दिर बनाउन शालिग्राम पठाएको भन्दै शालिग्रामबाट नै हिरा बन्ने भएकाले भारतले सो सम्पती फिर्ता गर्नुपर्ने बताए। उनले हिरा बन्ने २४ टन नेपाली सम्पती बिनासित्तै भारतलाई बुझाउने काम भएकाले सम्पती फिर्ता हुनुपर्ने बताए। 

प्रकाशित: १० असार २०८१ १७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App