१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन जसपा नेपालद्वारा फिर्ता

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। साथै सरकारमा सहभागी आफ्नो मन्त्री भण्डारीलाल अहिरलाई बाहिरिन निर्देशन पनि दिएको छ।

जसपा नेपाल संसदीय दलकी नेता अम्बिका काफ्लेले जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएकी दिँदै सरकारमा आफ्नो दलबाट सहभागी कृषी तथा भूमी व्यवस्था मन्त्री अहिरलाई सरकारबाट बाहिरिन भनिएको बताइन्।

तर, अहिर भने जसपा नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्री हुन्।

तर, जसपा नेपालले भने मन्त्री अहिरलाई अहिलेसम्म फरक दलको सांसदका रुपमा निर्वाचन आयोगले परिचय नदिएको भन्दै उनी जसपा नेपालकै सांसदका रुपमा मन्त्री बनेको दाबी गरेको छ।

‘अहिर अहिले पनि जसपा नेपालकै सांसद हुन्, निर्वाचन आयोगले उनलाई अर्को दलको सांसद भनेर परिचय दिएको छैन,’ जसपा नेपाल लुम्बिनीका अध्यक्ष अशोक यादवले भने, ‘यसर्थ उनले पार्टीले दिएको निर्देशन मान्नु पर्छ।’

यादवले मन्त्री अहिरलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएको भन्दै अटेरी गरे उनीमाथि कारबाही गर्ने चेतावनी दिइएको बताए।

जसपाबाट प्रदेश सभामा ३ जना सांसद थिए। तीन मध्य दुई सांसद भण्डारीलाल अहिर र आदेश अग्रवाल अशोक राइ नेतृत्वको नयाँ जसपामा आपूmहरु सामेल भएको दाबी गर्दै आएका छन्।

काफ्लेले आजबाट आफूहरु प्रदेश सभामा प्रतिपक्षीको भूमिकामा प्रस्तुत हुने पनि बताइन्।

प्रकाशित: ९ असार २०८१ ११:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App