१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस नेता महरको नयाँ प्रस्तावः खेलकुद विश्व विद्यालय स्थापना

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले खेलकुद क्षेत्रको विकासका लागि खेलकुद विश्व विद्यालय स्थापनाको अवधारणा प्रस्ताव गरेका छन्।

नेपाल विद्यार्थी संघ काठमाडौं समितिले मूलपानी मैदानमा आयोजना गरेको बागमती प्रदेश स्तरीय जय नेपाल कप क्रिकेट प्रतियोगिताको समापन कार्यक्रमका बोल्दै नेता महरले खेलकुदको विशिष्ठकृत विश्व विद्यालय स्थापना गर्दा खेलकुद विकासले अपेक्षित गति लिने बताएका हुन्।

‘नेपालको क्रिकेटमा लगानी कम छ। हामीसँग सुविधा सम्पन्न खेल मैदान र पर्याप्त पूर्वाधारको अभाव छ,’ उनले भने,‘यस्तो अवस्थामा हामीले खेलकुद विश्व विद्यालय स्थापना गर्नुपर्छ।’

आफूले यो प्रस्ताव धेरै पहिलेदेखि नै उठाउँदै आएको महरले दाबी गरे। उनले भने, ‘तर सरकारले सुनुवाइ नै गर्दैन।’  क्रिकेट रंगशाला र भौतिक पूर्वाधारमा छुट्याइएको बजेट पनि पर्याप्त नरहेको उनले बताए। खेलकुद बजेट कम हुँदै आएपनि कार्यान्वयनमा समेत उत्तिकै समस्या रहेको उनले बताए।

प्रकाशित: ६ असार २०८१ १७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App