१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

यो सरकार देश र जनताको पक्षमा छैन, यसले सक्दैन: सांसद महत

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले अहिलेको सरकार देश र जनताको पक्षमा नरहेको बताएका छन्। बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा आज दिएको जवाफले पनि सो कुरा प्रमाणित गर्ने उल्लेख गरे।

उनले भने ‘देश जनताको पक्षमा यो सरकार छैन। यसले सक्दैन। आजै प्रधानमन्त्रीको जवाफ, उहाँले के भन्दै हुनुहुन्थ्यो भने तीन करोड भन्दा तलका आयोजनाहरु जुन कार्यविधिमा केन्द्रले नराख्ने भनिएको छ। केन्द्रमा राखिएको छ र त्यो प्रदेश र स्थानीयले गर्छ भन्नुभयो। एक करोड भन्दा तलका आयोजना मात्रै ५५ अर्बका छन्। तीन करोड भन्दा तलको खर्बौं नाघ्छ। त्यो सबै स्थानीय र प्रदेशले गर्ने हो भने केन्द्रमा किन राखेको ? यो सरकार जिम्मेवार छैन।’

उनले नेपाली कांग्रेस बिना जिम्मेवारीपूर्ण ढंगबाट देशको विकास सम्भव नरहेको बताए।

प्रकाशित: ६ असार २०८१ १६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App