१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राप्रपा अध्यक्ष लिङदेनले रोष्ट्रममै च्याते भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन्। 

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रस्तावमा बोल्ने क्रममा अध्यक्ष लिङदेनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विनियोजन गरेको बजेटमा असन्तुष्टि जनाउँदै बजेट पुस्तिका च्यातेका हुन्। उनले आफू कम आक्रोश पोख्ने मान्छे भएको बताउँदै मन्त्रालयको पुस्तिका पाएको दिनदेखि आफू तातिएको बताए।

पुस्तिका च्यातेर हुर्‍याउने मन भएपनि संसदीय मर्यादा विपरित हुने भएकाले आफुले नहुर्‍याउने उनको भनाइ छ। अध्यक्ष लिङदेनले चारवटा निर्वाचन क्षेत्र बाहेकका प्रतिनिधिसभा सदस्यहरु बजेटप्रति असन्तुष्ट रहेको बताए । उनले लाज र घिन नराखीकन राज्यको स्रोतमाथि मनपरी गरिएको बताए। 

उनले भने, ‘०६२/०६३ अगाडी योजना छनौट प्रक्रिया हुन्थ्यो। बस्ती तहबाट वडा, वडा बाट गाविस, गाविसबाट इलाका हुँदै ८, ९ चरण पार गरेपछि योजना छनौट हुन्थ्यो। अहिले त बजेट मन्त्रीको मुखबाट, गोजीबाट निस्कने चिर्कटोबाट आउँछ। यो विषयमा हामीले छलफल गरिदिनुपर्ने। यो जुन काम मन्त्रीज्युहरुले गर्नुभएको छ लामो समयदेखि औँला ठड्याइरहेका छौँ त्यसलाई पुष्टि गर्छ। तपाईहरुले बजेट बनाउने मौका पाउँदाखेरी जुन प्रकारको मनपरी गर्नुभयो। त्यसमा राजेन्द्र लिङदेनको कुनै आपत्ति छैन। राप्रपाको कुनै गुनासो छैन। एउटा जनताको प्रतिनिधिको हिसावले मात्रै यो आक्रोशा पोखिराखेको छु। तपाईहरुलाई धन्यवाद दिनुपर्छ। किनभने तपाईहरुले यो व्यवस्था काम लाग्दैन भनेर, यो निर्वाचन प्रणाली, यो राज्य संरचना काम लाग्दैन भनेर पुष्टि गर्नुभएको छ। र यसलाई चाँडो भत्काउन तपाईहरु आफैँ सहयोगी बन्नुभएको छ।’

प्रकाशित: ४ असार २०८१ १३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App