१० असार २०८१ सोमबार
image/svg+xml
राजनीति

गृह मन्त्रालयले गाँजा लिगलाइजसनका लागि एक महिनाभित्र कानुनी प्रबन्ध गर्छ: उपप्रधानमन्त्री लामिछाने

फाइल तस्बिर

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अनुसन्धानका लागि गाँजाको औषधिजन्य प्रयोगका लागि एक महिना भित्र आवश्यक कानूनी प्रवन्ध गर्ने बताएका छन् ।

आफ्नो मन्त्रालयले सय दिनमा गरेको कामबारे जानकारी दिन शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन ।

औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजाको लिगलाइजसनका लागि नीति बनाउनु पर्ने उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले त्यसका लागि एक महिना भित्र राम्रो कानूनी प्रावधान निर्माण गर्ने बताए । 

त्यसैगरी उनले कानूनी प्रवन्ध हुनसाथ निश्चित क्षेत्रमा त्यसको अनुसन्धानको काम पनि शुरु गर्ने जानकारी गराए ।उपप्रधानमन्त्री तथा गृहमन्त्री  लामिछानेले विपद् व्यवस्थापनका लागि पनि देशभर आवश्यकताअनुसार कमान सेन्टर स्थापना गरी काम शुरु गरिएको पनि जानकारी गराए ।  

प्रकाशित: ३२ जेष्ठ २०८१ १८:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App