१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

ठूला दलको उपेक्षामा नेपाल समाजवादी पार्टीको स्थापना दिवस

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई अध्यक्ष्य रहेको नेपाल समाजवादी पार्टीले आज देश भरका ७७ जिल्लामा स्थापना दिवस मनाएको छ। 

काठमाडौं कमलादीस्थीत प्रज्ञा भवनमा नेपाल समाजवादी पार्टीले स्थापना दिवस मनायो । साना दल र नयाँ दलका नेताहरु पार्टीको स्थापना दिवसको उपलक्ष्यमा  शुभकामना दिन पुगेका थिए भने सत्तामा रहेका ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी पार्टीका तर्फबाट कुनै पनि नेताहरु बाबुराम भट्टराईको पार्टीलाई शुभकामना दिन समेत पुगेनन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट पनि कोही शुभकामना दिन पुगेका थिएनन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने , नागरिक उन्मुक्ती पार्टीका रेशमलाल चौधरी , जनमत पार्टीका अध्यक्ष्य डा सि के राउत , आम जनता पार्टीका अध्यक्ष प्रभु साह  विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटा , लेखक , पत्रकार , नागरिक समाजका अगुवा लगायत शुभकामना दिन पुगेका थिए।

नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी  टिकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरूलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने धारणा राख्दै नेपाल समाजवादी पार्टीलाई शुभकामना दिए । 

उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको धारणा राखे । उनले प्रदेश तेस्रो तहका नेताहरुलाई राख्ने स्थल बनेको बताए। 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके)राउतले मुलुकमा  प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्ने धारणा व्यक्त गरे ।केन्द्रको राजनीति परिवर्तनसंगै प्रदेश सरकार परिवर्तन भइरहने भएकाले विकासले गति लिन नसकेको धारणा राखे ।

विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले साझा एजेन्डामा सबै दल एक हुनुको विकल्प नरहेको धारणा राखिन।आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अहिलेका जनप्रतिनिधिले जनताको भन्दा पार्टीको मात्र वकालत गरेकोमा आक्रोश पोखे। 

प्रकाशित: ३० जेष्ठ २०८१ १६:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App