१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सार्क चलायमान बनाउन सबै राष्ट्र लाग्नुपर्छः रघुजी पन्त

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद रघुजी पन्तले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई चलायमान बनाउन सदस्य राष्ट्र सबै लाग्नुपर्नेमा जोड दिएका छन्।

 प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले सार्क सङ्गठन लथालिङ्ग भएको उल्लेख गर्दै यसका महत्त्वपूर्ण निकाय र संरचनालाई प्रभावकारी बनाउन सार्क सङ्गठनको अध्यक्षका हैसियतले नेपाल सरकारले सक्रियता बढाउनुपर्ने धारणा व्यक्त गरे।

उनले भने, “सार्क विश्वद्यालय नयाँदिल्ली छ, सार्क सचिवालय नेपालमा छ। नेपालले अध्यक्षता गरिरहेको अवस्थामा नेपालले अघि बढ्नुपर्छ। कुनै विवाद आएको अवस्थामा नेपालले हामी सम्मेलन गर्न सक्छौं भन्न सक्नुपर्छ।”

साथै प्रधानमन्त्री पुष्पकमल दाहाल हालै भारती प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा गएर आएको र भारतसँग सबै सम्बन्ध राम्रो छ भनेकाे सन्दर्भमा नेता पन्तले सीमा समस्या यथावत रहेको बताए। साथै उनले सार्कका समस्या जस्ताको तस्तै रहेका बारेमा प्रधानमन्त्री दाहालले संसद्लाई आजै सम्बोधन गरेर भारत भ्रमणबारे जानकारी गराउनुपर्ने माग गरे।

“भारत भ्रमणमा केके भयो, नेपाल–भारत बिचको समस्याबारे केके ठोस कुरा भयो, यो संसद्को विशेषाधिकार हो। यो संसद्ले जानकारी पाउनुपर्छ। सभामुखले स्पष्ट रुलिङ गर्नुपर्छ।”

प्रकाशित: २९ जेष्ठ २०८१ १२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App