१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (तस्बिरहरु)

काठमाडौंको टुँडिखेलस्थित सैनिकमञ्चमा गणतन्त्र दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ। 

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता थियो।

यस्तै,कार्यक्रममा विभिन्न साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ। जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ।

दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूमा दीपावलीलगायत कार्यक्रमहरू गरेर गणतन्त्र दिवस मनाउने निर्णय सरकारले गरेको छ।

प्रकाशित: १५ जेष्ठ २०८१ १०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App