२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

कार्यदलको बैठक पुनः अनिर्णित, कांग्रेस केही लचक

सहकारी ठगी प्रकरणमा गठन गर्ने भनिएको संसदीय छानविन समितिको कार्यादेश (टीओआर) लाई टुंगामा पुर्‍याउन दलहरुको प्रयास अझै जारी छ ।  

शुक्रबार बिहान बसेको बैठक निष्कर्षमा पुग्न नसके पनि सहमतिका लागि वैकल्पिक उपायहरु निस्किएको नेताहरुले बताएका छन् । शुक्रबारको बैठकमा नेपाली कांग्रेस उपप्रधान तथा गृहमन्त्रीको नाम किटान गर्ने विषयमा केही लचक बनेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए । टीओआरलाई अन्तिमरुप दिन थप केही समय लाग्ने उनको भनाइ छ ।  

शुक्रबारको बैठकमा कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने जोडिएका सहकारीको नाम उल्लेख गर्नेगरी टीओआर बनाउन नयाँ प्रस्ताव गरेको बर्तौलाको भनाइ छ ।  

यो बारे दलहरुले आन्तरिक छलफल गरेर सम्भवतः शुक्रबार नै यसलाई अन्तिम रुप दिने तयारी भएको नेताहरुको भनाइ छ । कार्यदलमा सहमति हुन नसकेपछि प्रतिनिधि सभाको बैठकसमेत प्रभावित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । 

प्रकाशित: ११ जेष्ठ २०८१ १२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App