१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

गगन थापामाथि खनिए ओली: संसद बैठकमा उदण्डता प्रस्तुत गरेको आरोप

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद बैठकमा उदण्डता प्रस्तुत गरेको बताएका छन्।

बुधवार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसका महामन्त्री थापाले सभामुखमाथि अशिष्ट ढंगले प्रस्तुत भएर उदण्डता देखाएको बताएका हुन्।

उनले सभामुखले बोल्न समय दिँदा तपाईको निगाहाको समय चाहिँदैन भन्ने अभिव्यक्तिले उदण्डता प्रदर्शन भएको बताए। उनले नेपाली काँग्रेसको सभामुखसँग बोल्ने भाषा यही हो ? भनेर जवाफ समेत माग गरे।

कांग्रेसले एकदलीय, एकाधिकारवादी र तानाशाही चलाउन खोजेको हो भनि प्रश्न समेत गरे। उनले नेपाली काँग्रेस राजनीतिक अभिष्ट पूरा नभएपछि अरुलाई अपराधि करार गर्न लागेको बताए। भ्रष्टाचारमा दोषि करार भएका कांग्रेसका सांसदले कुनै मुद्दा नभएको मानिसउपर छानविन गर्न समिति गठन गर भनि नाराबाजी गरेको भन्दै काँग्रेसलाई सरम हुनुपर्ने उनले बताए।  

प्रकाशित: २ जेष्ठ २०८१ १७:०२ बुधबार

#KP_Oli