१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

आजको संसद चल्न दिने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले आजको संसद चल्न दिने भएको छ। केहीबेर अघि सम्पन्न कांग्रेस संसदीय दलको बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने निर्णय गरेको हो। तर, नीति तथा कार्यक्रम प्रस्तुत भएपनि त्यसमाथि छलफल भने गर्न नदिने कांग्रेसका एक नेताले बताए।

आज दिउँसो तीन बजे बस्ने सङ्घीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

कांग्रेससले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने चेतावनी दिँदै आएको थियो। तर, आज बिहान भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारीको समस्या समाधान हुने आश्वासन दिएपछि कांग्रेसले आजको संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको हो।

प्रकाशित: १ जेष्ठ २०८१ १०:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App