८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री अस्वीकार गरेपछि कांग्रेसले गृहमन्त्रीमाथि सहकारी ठगीको आरोप लगायो: ओली

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रतिशोधपूर्ण राजनीति गरिरहेको आरोप लगाएका छन्।

डेढ वर्ष प्रधानमन्त्रीको प्रस्ताव गरेको कांग्रेसले आफूले भनेको नमानेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएर प्रतिशोधपूर्ण ढंगले राजनीतिक गरिरहेको ओलीको आरोप थियो।

शुक्रवार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले उपप्रधानमन्त्री लामिछाने सहकारी प्रकरणमा निर्दोष रहेको कुरा महान्यायाधिवक्ताको कार्यालयले समेत स्पष्ट पारेको जिकिर गर्दै ओलीले यस्ता कुरामा संसदीय छानविन समितिको माग गरेर काँग्रेसले राजीनामा माग्ने खेल शुरु गरेको दाबी गरे।

पहिला प्रधानमन्त्रीको प्रस्ताव गरेको काँग्रेसले फेरी लामिछानेमाथि नभएको अभियोग लगाउने कोशिस गरेर छुद्र राजनीति गरेको ओलीको भनाई थियो।

प्रकाशित: २८ वैशाख २०८१ १४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App