१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

जसपाले सार्वजनिक गर्‍यो राष्ट्रिय महाधिवेशनको कार्यतालिका

जनता समाजवादी पार्टी, नेपालले पार्टीको राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।

कार्यतालिका अनुसार वैशाख १० गतेभित्र सङ्गठन विभागले आवश्यकता अनुसार सङ्गठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख तयार गर्ने, सङ्गठित सदस्यतामा त्रुटी देखिएमा वैशाख १५ भित्र सच्याउनु पर्ने, १६ गते सङ्गठित सदस्यताको अभिलेख सार्वजनिक गरिनेछ।

यस्तै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पार्टी कार्यालय बालकुमारीमा बसेको केन्दीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनका लागि पार्टीको सङ्गठित सदस्यता लगायत आजसम्म सङ्कलन गरिएका अभिलेख मात्रै मान्य हुने समेत निर्णय गरेको छ।

त्यसैगरी, वैशाख १७ देखि २० सम्म सङ्गठित सदस्यतामाथि उजूरी गर्ने र २१ गतेदेखि २५ भित्र ती उजूरीमाथि छानबिन गरिसक्ने समय तोकिएको छ।

सङ्गठित पार्टी सदस्यहरूको अन्तिम नामावलीसहितको विवरण वैशाख २६ गते प्रकाशन गर्ने निर्णय भएको छ। वैशाख ३० गतेदेखि जेष्ठ १० गतेभित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गरिसक्नु पर्ने तालिका सार्वजनिक गरिएको छ।

यसैगरी, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्नको लागी प्रतिनिधि निर्वाचन सम्बन्धी निर्देशिका तयार गर्न तीन सदस्यीय  समिति गठन भएको छ। समितिको सदस्यमा शिवलाल थापा र मनिष कुमार सुमन रहेका छन्।

गत पुसमा जसपाको सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी जेठ २७, २८ र २९ गते जनकपुरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो।

सङ्गठित पार्टी सदस्यताको विवरण पठाउदा पार्टी सदस्यता प्राप्त गरेको मिति छुट्न गएको वा उल्लेख नभएको खण्डमा त्यस्ता सङ्गठित सदस्यहरुको सदस्यता प्राप्त मितिसहितको विवरण सम्बन्धित प्रदेश समितिलाई निर्देशन दिने र सम्बन्धित प्रदेशले संगठन विभागमा यथाशीघ्र पठाउनु पर्ने जसपाले जनाएको छ।

प्रकाशित: ३ वैशाख २०८१ १३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App