१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राप्रपा आन्दोलनमा घाइते भएका डाँगीको उपचारको क्रममा निधन

राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलनमा घाइते भएका ठाकुरप्रदास डाँगीको निधन भएको छ।

बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष डाँगीको उपचारको क्रममा आज बिहान छाउनी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।

गत चैत २७ गते राप्रपाले काठमाडौँमा गरेको आन्दोलनको क्रममा प्रहरीको अश्रुग्यास प्रहारबाट घाइते भएका डाँगीको छाउनी अस्पतालमा उपचार भइरहेको थियो।

उच्च रक्तचाप र अश्रुग्यास प्रहारबाट उनको टाउको र श्वासप्रस्वासमा समस्या देखिएको तथा आज बिहान निधन भएको श्रेष्ठले बताए।

डाँगीको पार्थिव शरीर अन्तिम श्रद्धान्जलिका लागि अहिले १२ बजे राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने पनि उनले बताए।

प्रकाशित: ३ वैशाख २०८१ १०:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App