१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नाउपाकै अर्का सांसद कैलाश चौधरीले पनि गरे मुख्यमन्त्रीमा दाबी

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेश गरेका छन्। यसअघि नाउपाकै अर्का नेता लक्ष्मण किशोर चौधरीले दाबी पेश  गरेका थिए।

उनले भने नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्तिको आफुसहित अर्को एक जना सांसद र एउटा स्वतन्त्र सांसदको समर्थनमा दाबी पेश गरेका हुन। कैलाश चौधरीले नाउपाका ६ जना, माओवादी केन्द्रका १० जना, १० जना एमालेका र एक जना स्वतन्त्र गरी २७ जना सांसदको बहुमत रहेको दाबी गरेका छन्।

यसअघि लक्ष्मणले नेपाली कांग्रेससहित एकीकृत समाजवादीको समर्थनमा दाबी पेश गरेका थिए। नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ सांसद गरी बहुमत सांसदको समर्थन रहेको लक्ष्मणले बताएका थिए।

सरकारमा मुख्यमन्त्रीका लागि २९ सांसदको समर्थन सहितको हस्ताक्षर संकलन भइसकेको नेपाल कांग्रेसका प्रदेश सभाका प्रमुख सचेतक विक्रम धामीले बताएका थिए।

मुख्य मन्त्रीमा दुई जनाले दाबी पेश गरेपछि प्रदेश प्रमुख नजिर मियाँले अध्ययन गरेर आवश्यक परे मतदातालाई सरसरी उपस्थित गराएर निक्र्यौल गर्ने बताए। ‘जतिसक्दो छिटो यसको टुङ्गो लगाइने छ’, उनले नागरिकन्यूजसँग भने।

अन्यौलता नहोस् भनेर संविधानको धारा १६८ को दुई अनुसार सरकार बनाउन आव्हान गरेको तरपनि अन्यौल कायमै रहेकाले यसको थप अध्ययन गर्नुपर्ने भएको बताए।

नागरिक उन्मुक्ति पार्टीमा रेशम चौधरी पक्षका ४ सांसद नेपाली कांग्रेससहितको सरकार बनाउने पक्षमा रहँदै आएका थिए भने रन्जिता श्रेष्ठ पक्ष दुई सांसद नयाँ गठबन्धनमा जाने अडानमा छन्। 

प्रकाशित: २ वैशाख २०८१ १६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App