१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन जारी

राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सुरु भएको छ।

आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त पदमा नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी र नेकपा (एमाले) का विमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने दुई प्रस्तावको सूचना प्राप्त हुन आएको जानकारी गराए।

बैठकमा ती प्रस्तावका प्रस्तावक र समर्थकले मन्तव्य राखेपछि निर्वाचन हुने कार्यक्रम छ। सभाका उपाध्यक्ष उर्मीला अर्यालले राजीनामा दिएपछि सो पद रिक्त भएको थियो।

प्रकाशित: २८ चैत्र २०८० १३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App