२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सभामुखसहितको समर्थनमा सत्ता गठबन्धनले गर्‍यो गण्डकीको मुख्यमन्त्रीमा दाबी

सत्ता गठबन्धनले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेको छ। सत्ता गठबन्धनले सभामुख कृष्ण धितालसहितको समर्थनमा एमालेका खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका हुन्।

खगराजलाई बहालवाला भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेलेपनि समर्थन गरेका छन्। उनी कांग्रेसका हाल बहालवाला सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री छन्। उनले हालसम्म राजीनामा दिइसकेका छैनन्।

दाबी पेस गर्न प्रस्तावित मुख्यमन्त्री अधिकारी नेकपा एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान, दीपक मनाङेसहित गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको निवास पुगेका थिए।

नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक कुसुम बुढा मगरले एमालेका २२, माओवादीका ८ र दीपक मनाङेको समर्थनमा अधिकारीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेको जानकारी दिइन्। दाबी अनुसार मुख्यमन्त्री नियुक्त हुने उनको विश्वास छ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनका नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुखसहित) र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका एक सांसद छन्। त्यस्तै, नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन्। राप्रपाले सरकारका बारेमा आधिकारिक धारणा बनाइसकेको छैन । यद्वपी राप्रपाले सत्ता गठबन्धनलाई नसघाउने निर्णय भइसकेकाले प्रदेशमा त्यही लागु हुनसक्ने विश्लेषण गरिदैआएको छ।

प्रकाशित: २५ चैत्र २०८० १३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App